पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोज्न थाल्यो कार चालक

पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोज्न थाल्यो कार चालक
66

फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । ‘भिडियो हामीलाई पनि प्राप्त भएको छ । हामीले कार र व्यक्ति पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं । कारबाहीको दायरामा ल्याउँछौं,’ भट्टराईले भने । 

 

 

Related Post