राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ

17 June, 2026 255 Views
राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ
255

विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी मुहलबाउरका नेपालका स्थानीय प्रतिनिधि मनिन्दराज मल्ललाई नियन्त्रणमा लिएको हो।

मंगलबार नियन्त्रणमा लिइएका उनीहरुलाई आज विशेष अदालतमा पेस गरिएको थियो। अदालतले अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

राहदानी विभागले ६४ लाख ई–पासपोर्टको लागि बोलपत्र आह्वान गर्दा आचार्य विभागमा लेखा प्रमुख रहेका थिए भने मल्ल बोलपत्र पाउने दुई जर्मन कम्पनीमध्ये एक मुहलबाउरका नेपालका स्थानीय प्रतिनिधि हुन्। अख्तियारले सोही प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिककुमार केसीलाई सोमबार नियन्त्रणमा लिएको थियो। 

Related Post