86
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद विपिन आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डिजिटल अर्थतन्त्रको समयमा नेपाली रुपैयाँको छुट्टै पहिचान आवश्यक रहेको बताए।
उनले देवनागरी लिपि र नेपालको राष्ट्रिय पहिचान झल्किने गरी नयाँ मुद्रा चिह्न बनाउनुपर्ने धारणा राखे।
यसका लागि खुला प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन छनोट गरी मुद्रा चिह्न निर्धारण गर्न नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।