नेप्सेमा झिनो सुधार, ४ अर्ब ८९ करोडको कारोबार

01 October, 2026 102 Views
नेप्सेमा झिनो सुधार, ४ अर्ब ८९ करोडको कारोबार
102

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार देखिएको छ।

आज नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेर बन्द भएको हो।

बजारमा ३५३ कम्पनीका १ करोड २ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सामान्य बढेका छन् भने नन लाइफ इन्स्योरेन्स, अन्य र म्युचुअल फन्ड समूह घटेका छन्।

आज सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १०.८१ प्रतिशत बढ्दा सयपत्री हाइड्रोपावर ९.६६ प्रतिशत घटेको छ। कारोबार रकममा सिद्धार्थ बैंक ३० करोड ५३ लाख रुपैयाँसहित अगाडि रह्यो।

समग्रमा १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ।

Related Post