दसैँमा नयाँ नोट साट्नेहरूलाई राष्ट्र बैंकको कडा घोषणा, अब मिति कुर्नु नपर्ने!

01 October, 2026 120 Views
दसैँमा नयाँ नोट साट्नेहरूलाई राष्ट्र बैंकको कडा घोषणा, अब मिति कुर्नु नपर्ने!
120

काठमाडौं । दसैँमा नयाँ नोट साट्न राष्ट्र बैंक धाउनेहरूका लागि यसपालि ठूलो परिवर्तन भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको पुरानो व्यवस्था नै परिवर्तन गर्दै महत्वपूर्ण घोषणा गरेको छ।

अब दसैँ लक्षित नयाँ तथा खुद्रा नोट साट्न राष्ट्र बैंकले छुट्टै मिति तोक्ने छैन। सर्वसाधारणले नियमित कार्यालय समयमै राष्ट्र बैंकबाट बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट साट्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार पर्याप्त नयाँ नोट मौज्दातमा रहेकाले मागअनुसार नोट उपलब्ध गराइनेछ। नयाँ नोटले माग धान्न नसके सुकिला नोटसमेत वितरण गरिनेछ।

हाल व्यक्तिगत प्रयोजनका लागि एकपटकमा दुई बन्डलसम्म नोट साट्न सकिने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट हुन्छन्।

यसको अर्थ, अब नयाँ नोटका लागि छुट्टै दिन कुर्नुपर्ने वा एउटै दिन राष्ट्र बैंकमा ठूलो भीड लाग्ने अवस्था कम हुनेछ। सर्वसाधारणले आफ्नो अनुकूल समयमा नोट साट्न सक्ने भएकाले दसैँको तयारीसमेत सहज हुने अपेक्षा गरिएको छ।

Related Post