110
काठमाडौं । भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज १५ देखि २६ गतेसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् काटिनेछ ।
असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ र २० गते मुलपानी, १८ गते गर्जुधारा, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ ।
निर्धारित समयअघि नै काम सकिएमा विद्युत् आपूर्ति सोहीअनुसार सुचारु हुने जनाइएको छ ।