आइफोन १८ मा एनसेलको धमाकेदार अफर! असीमित डेटा, कल र ओटीटीसम्म निःशुल्क

01 October, 2026 12 Views
आइफोन १८ मा एनसेलको धमाकेदार अफर! असीमित डेटा, कल र ओटीटीसम्म निःशुल्क
12

काठमाडौं । आइफोन १८ किन्दै हुनुहुन्छ? एनसेलले ग्राहकका लागि यस्तो धमाकेदार अफर ल्याएको छ, जसमा नयाँ आइफोनसँगै असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० एसएमएस र लायन्सगेट ओटीटीको सब्सक्रिप्सनसमेत पाइनेछ।

जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा ल्याइएको यो योजना आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने एनसेलका पुराना तथा नयाँ ग्राहकका लागि लागू हुनेछ।

आइफोन १८ प्रो र प्रो म्याक्सका पहिलो २०० जना ग्राहकले ३ महिनासम्म तथा आइफोन डुओका पहिलो १०० जना ग्राहकले ६ महिनासम्म यी सुविधा अतिरिक्त शुल्कबिना पाउनेछन्।

सीमित ग्राहकका लागि मात्र उपलब्ध यो अफरमा नयाँ आइफोनसँगै कनेक्टिभिटी र प्रिमियम मनोरञ्जनको प्याकेजसमेत प्राप्त हुने एनसेलले जनाएको छ।

Related Post