रास्वपाले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने

10 October, 2025 94 Views
रास्वपाले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने
94

असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।

एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकिएको छ । प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय रास्वपाले गरेको छ ।

उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा  कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।

उपसभापति डा।स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ । वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्ने गरी वाग्लेलाई जिम्मेवारी तोकिएको हो । पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च तहको संवाद वाग्लेले गर्ने प्रवक्ता झाले जानकारी गराए ।

 

Related Post