असोज, काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्व सांसद सूर्यबहादुर थापा क्षेत्रीले सिंहदरबार जलाउने मतियारको रुपमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहमाथि छानविन र कारबाही हुनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सिंहदरबार जल्नु एक हप्ता अगाडि प्रचण्डले ‘१० लाख मान्छेले बालुवाटार र सिंहदरबार घेर्दैछन्, आगजनी हुन्छ’ भन्ने खालको अभिव्यक्ति दिएको बताएका हुन् । त्यस्तै बालेनले पनि सिंहदरबार जलाइदिन्छु भनेर उनले स्मरण गरे ।
‘प्रचण्ड नै त्यो मान्छे हुन्, जसले १० लाख मान्छेले बालुवाटार, सिंहदरबार घेर्छन्, आगजनी हुन्छ भनेर एक हप्ता अगाडि बोलेका छन् । प्रचण्डलाई बोलाएर छानविन गर्नुपर्छ । केरकार गर्नुपर्छ । आगजनीको एउटा मतियार, एउटा षड्यन्त्रकारीको रुपमा उनले बोलेका छन् । जसरी बालेनले सिंहदरबार जलाउँछु, आगो लगाउँछु भनेका छन्, यी दुई जना मान्छेहरुलाई छानविन गर्नुपर्छ,’– उनले भने ।
साथै, हामी नेपाल संस्थाका संस्थापक एवं जेन–जी अभियन्ता सुधन गुरुङलाई उनले बालेनको खेतालोको रुपमा चित्रण गरे । उनले सुधनलाई जेन–जी मान्न नसकिने पनि बताए । ‘३८ वर्षको सुधन गुरुङ जेन–जी हो रु बालेन शाह जेन–जी हो रु सब फटाहा हुन यिनीहरु । ऊ ९सुदन० पानी बाँड्न हिँडेको बालेनको खेतालो थियो । कुन जेन–जी थियो सुदन गुरुङ रु’ प्रश्न गर्दै उनले भने ।