सुनको मूल्य तोलाको १४ सयले बढ्यो

सुनको मूल्य तोलाको १४ सयले बढ्यो
43

मंसिर, काठमाडौं । साताको पहिलो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।

आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। 
 

Related Post