माइतीघरको डुबान रोक्न ढल विस्तारको काम सुरु

29 July, 2026 164 Views
माइतीघरको डुबान रोक्न ढल विस्तारको काम सुरु
164

काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा वर्षेनि हुने डुबानको दीर्घकालीन समाधानका लागि ढल निकास विस्तार र नाला सफाइको काम सुरु गरेको छ। माइतीघरबाट आर्मी मुख्यालयतर्फ जाने निकास क्षेत्र डोजर प्रयोग गरी खुला बनाउने कार्य भइरहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा गरिएको प्राविधिक अध्ययनले अव्यवस्थित सहरीकरण, प्राकृतिक जलाशयको विनाश र ढलको कमजोर संरचनालाई डुबानको मुख्य कारण ठहर गरेको थियो।

प्रतिवेदनअनुसार पहिले पानी जम्मा हुने खाली जग्गामा सरकारी भवन निर्माण भएपछि वर्षाको पानी सोसिने प्राकृतिक व्यवस्था समाप्त भएको छ। साथै, मुख्य ढलको बीच भाग साँघुरो भएका कारण पानीको निकास अवरुद्ध भई माइतीघरमा बारम्बार डुबान हुने गरेको निष्कर्ष निकालिएको छ।

सोही प्रतिवेदनका आधारमा महानगरले ढल निकासको क्षमता बढाउने कामलाई तीव्रता दिएको जनाएको छ।

Related Post