पर्सा प्रहरी प्रमुखमा पवन भट्टराई

29 July, 2026 53 Views
पर्सा प्रहरी प्रमुखमा पवन भट्टराई
53

काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा एसपी पवनकुमार भट्टराईलाई सरुवा गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत भट्टराईलाई पर्सा पठाइएको हो।

पर्साका प्रहरी प्रमुख रहेका एसपी सुदीपराज पाठकलाई भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ।

केही दिनअघि वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनापछि एसपी पाठकले चिकित्सकहरूसँग धकेलाधकेल गरेको भिडियो सार्वजनिक भएको थियो। सोही घटनापछि उत्पन्न विवादबीच प्रहरी प्रधान कार्यालयले पर्साको नेतृत्व परिवर्तन गरेको जनाएको छ।

यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी दानबहादुर थापालाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Related Post