सुनसरीमा गोली प्रहार गरेर सिटी सफारी चालकको हत्या

12 October, 2025 77 Views
सुनसरीमा गोली प्रहार गरेर  सिटी सफारी चालकको हत्या
77

असोज, इटहरी ।  सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ । रामधुनी नगरपालिका(२ तनमुनास्थित सडकमा सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । 

नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ । 

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि गलिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

Related Post