सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने देउवा समूहको निर्णय, निधिको भने फरक मत

16 August, 2026 69 Views
सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने देउवा समूहको निर्णय, निधिको भने फरक मत
69

काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा समूहको भेलामा धर्मसम्बन्धि प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै नेता विमलेन्द्र निधि र प्रकाश शरण महतबीच कागज खोसाखोस भएको छ ।

नेता दीपक कुइँकेलले भेलाले पारित गर्ने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहँदा नेता निधि उठेर रोस्ट्रमतर्फै गएका थिए । त्यसबेला उनीहरूबीच कागज खोसाखोस भएको थियो । प्रकाशशरणले निधिलाई रोकेर मञ्चमै फर्काएका थिए ।उनीहरूबीचको विवाद धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा भएको थियो । प्रस्ताव प्रकाशशरण महत लगायतले तयार गरेका थिए । उक्त बुँदाको भाषामा निधिको आपत्ति रह्यो ।

एक नेताका अनुसार भेलाले महत लगायतका नेताहरूले नै तयार गरेको प्रस्ताव पारित गर्‍यो । जुन प्रस्तावमा सनानत धर्मलाई राष्ट्रिय पहिचान बनाउने कुरा उल्लेख छ ।निधि चाहिँ धार्मिक स्वतन्त्रता भन्ने मात्र शब्द प्रयोग गर्ने पक्षमा रहेका थिए ।

यसअघि कांग्रेसले नेपाल धार्मिक स्वतन्त्रता भनेर सिधा बोल्दै आएकोले यसभन्दा अन्यथा जान नहुने खालको उनको धारणा थियो ।तर भेलाले सनातन धर्मबारे थप व्याख्यासहित बोल्यो । भेलाबाट पारित प्रस्तावमा छ-‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो ।

नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ’ देउवा समूहले पारित गरेको प्रस्तावमा छ ।
भेलामा शेरबहादुर देउवाले आफू हिन्दू भएको र तर सबै धर्म मान्ने स्वतन्त्रतालाई सम्मान गर्ने बताए । 

Related Post