सप्तकोशीमा बढ्यो बाढीको खतरा, कोशी ब्यारेजका २३ ढोका खोलिए

सप्तकोशीमा बढ्यो बाढीको खतरा, कोशी ब्यारेजका २३ ढोका खोलिए
84

 

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।

ब्यारेज नियन्त्रण कक्षका अनुसार मंगलबार बिहान ७ः१५ बजे सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। नदीको जलसतह खतराको बिन्दुमा पुगेको र बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ।

पानीको बहाव तीव्र रूपमा बढेपछि सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। स्थानीय प्रशासनले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Related Post