65
काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्को बैठक बस्ने भएको छ।
प्रधानन्यायाधीश मनोजकुमार केसीले मंगलबार दिउँसो १ बजेका लागि परिषद्को बैठक बोलाएका हुन्। बैठकमा सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ।
न्यायाधीश सिफारिससँगै परिषद्का अन्य न्यायिक विषयमा पनि छलफल हुने तयारी छ।
प्रधानन्यायाधीशको अध्यक्षतामा रहेको न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन्।