असोज,काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा सभामुख देवराज घिमिरेले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिस्कार गरेको छ । जेनजी आन्दोलनले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गर्नका लागि सभामुख देवराजले शिर्ष १० दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न बैठक बोलाएका थिए ।
संसद पुनःस्थापनाका लागि बोलाएको उक्त बैठकमा अन्य दलका प्रमुख सचेतक सहभागि हुँदा रास्वपाले भने बहिस्कार गरेको छ । रास्वपा संसद पुनःस्थापना भन्दा पूर्ण रुपमा चुनाव हुनुपर्ने पक्षमा रहेको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आएका छन् ।
नेकपा एमाले र नेपाली काँग्रेससहितका प्रमुख दलहरूले पनि संसद् विघटन संविधानसम्मत नरहेको बताएका छन् । एमालेले पदाधिकारी बैठकबाटै विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने काँग्रेसले केन्द्रीय समिति बैठकबाट यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।