संसद पुनःस्थापनाको माग गर्दै एमाले, कांग्रेस र माओवादीको साथ लिएर सर्वोच्च जाने सभामुख देवराज घिमिरे तयारी

14 October, 2025 74 Views
संसद पुनःस्थापनाको माग गर्दै एमाले, कांग्रेस र माओवादीको साथ लिएर सर्वोच्च जाने सभामुख देवराज घिमिरे तयारी
74

असोज, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तिन ठूला दलको साथ लिएर संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्च जाने तयारीमा जुटेका छन् । सभामुख देवराज नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ लिएर संसद पुनःस्थापनाको लागि सर्वोच्च अदालत जाने योजनासहित तयारीमा जुटेका छन् । नेकपा एमाले फागुन २१ गतेको चुनावमा जाने भन्दा संसद पुनःस्थापना गर्नुपर्ने पक्षमा रहेको घोषणा गर्दै सडकदेखि अदालतसम्म जाने तयारीमा लागेको छ ।

नेपाली कांग्रेस संसद पुनःस्थापना भए ठिक नभए फागुन २१ गते हुने चुनावको तयारीमा जुट्ने रणनीतिमा रहेको छ । नेकपा माओवादी केन्द्र भने संसद पुनःस्थापना गर्न नहुने बताउँदै फागुन २१ गतेको निर्वाचनका लागि तयारीमा जुटेको छ । आफू निर्वाचित भएको दल एमाले र कांग्रेसको साथ पाएका सभामुख देवराजले माओवादी केन्द्रको साथ भने पाएका छैनन् । तिन ठूला दलको साथ पाएको खण्डमा संसद पुनःस्थापना गर्न अदालतलाई दबाब दिन सकिने सभामुख देवराजको बुझाइ रहेको छ ।

Related Post