संसदीय सुनुवाइमा नेपाली भाषालाई प्राथमिकता दिन सभापतिको निर्देशन

13 October, 2026 93 Views
संसदीय सुनुवाइमा नेपाली भाषालाई प्राथमिकता दिन सभापतिको निर्देशन
93

काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले समितिको बैठकमा सकेसम्म नेपाली भाषामा बोल्न निर्देशन दिएका छन्।
आज जारी समितिको बैठकको सुरुमै सभापति श्रेष्ठले नेपाली भाषालाई प्राथमिकता दिन सदस्यहरूलाई आग्रह गरेका हुन्। यद्यपि, आवश्यकताअनुसार केही उद्धरण अंग्रेजी भाषामै प्रस्तुत गर्न सकिने उनले स्पष्ट पारेका छन्।
यसअघि बसेको समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले सांसदहरूले प्रश्न गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने गरी सभापतिले रुलिङ गर्न माग गरेका थिए।
हाल समितिमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भइरहेको छ। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको थियो।

Related Post