‘सशक्त NATTA, समृद्ध पर्यटन’ नारासहित भरतजंग पाण्डे समूह चुनावी मैदानमा

07 August, 2026 48 Views
‘सशक्त NATTA, समृद्ध पर्यटन’ नारासहित भरतजंग पाण्डे समूह चुनावी मैदानमा
48

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को निर्वाचन–२०२६ लाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार भरतजंग पाण्डे नेतृत्वको समूहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ।

‘सशक्त NATTA, समृद्ध पर्यटन’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको पाण्डे समूहले NATTA लाई नेपालको पर्यटन क्षेत्रकै सबैभन्दा सशक्त, प्रभावकारी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

समूहले सदस्यहरूको हकहित संरक्षण, पारदर्शी नेतृत्व, संस्थागत सुदृढीकरण, आधुनिक व्यवस्थापन तथा नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो साझा एजेन्डा सार्वजनिक गरेको छ।

‘सदस्यसँगै, सदस्यका लागि’ भन्ने मूल मन्त्रलाई अघि सार्दै पाण्डे समूहले अनुभवी र प्रतिबद्ध नेतृत्वमार्फत NATTA लाई अझ सक्षम संस्था बनाउने विश्वास व्यक्त गरेको छ।

भरतजंग पाण्डेको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दीक्षा शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला चुनावी प्रतिस्पर्धामा छन्।

यसैगरी कार्यसमिति सदस्यमा दिनापति पाण्डे, दिनेश पहारी, दीपक महर्जन, नवीन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सञ्जना लाल श्रेष्ठ र सम्राट प्रधान उम्मेदवार रहेका छन्।

आगामी अगस्ट १४ मा हुने NATTA निर्वाचनमा भरतजंग पाण्डे समूहले पर्यटन व्यवसायी र सदस्यहरूको साथ र विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ।

Related Post