काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी घटनापछि चर्चामा आएको हिन्दु साम्राट सेनामाथि छानबिन गरी ‘सेना’ नाम राखेर सञ्चालन भएका सबै संघ–संगठनमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हिन्दु साम्राट सेना नेपाली सेनाको समानान्तर संगठन हो कि होइन भन्ने विषयमा सरकारले स्पष्ट गर्नुपर्ने बताए।
साम्पाङले ‘सेना’ नामका कुनै पनि समूहलाई अनुमति दिन नहुने धारणा राख्दै सरकारले यस्ता सबै संगठनबारे छानबिन गरी आवश्यक निर्णय लिनुपर्ने बताए।
उनले, ‘हिन्दु साम्राट सेना कस्तो सेना हो ? नेपाली सेनाको समानान्तर हो कि ? सरकारले यसको खोजी गरोस्। सेना नामका सबै समूहलाई निषेध गरियोस्। होइन भने अरूले पनि सेना बनाउन पाउने हो कि ?’ भन्दै सरकारको ध्यानाकर्षण गराए।