ग्यास अभावबारे सरकारमाथि रमेश प्रसाईको प्रश्न– ‘जनता लाइनमा, सरकार किन मौन ?’

07 August, 2026 54 Views
ग्यास अभावबारे सरकारमाथि रमेश प्रसाईको प्रश्न– ‘जनता लाइनमा, सरकार किन मौन ?’
54

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईले खाना पकाउने ग्यासको अभावका कारण जनता दिनरात लाइनमा बस्न बाध्य भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रीका सरकारी निवासमा पनि ग्यास अभाव छ कि छैन र कृत्रिम अभाव तथा कालोबजारी रोक्न सरकारले किन कारबाही नगरेको भन्दै संसदमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईले चुनावका बेला आफूले ‘सरकारी कार्यालयमा लाइन हटाएर अनलाइन सेवा दिने’ प्रतिबद्धता जनाएको सम्झिँदै अहिलेको अवस्था देखेर आफूलाई लाज लागेको बताए।

उनले, ‘त्यसबेला गरेका भाषण सम्झिँदा आज भात पकाउने ग्यासका लागि जनता दिनभरि र रातभरि लाइन बसेको देख्दा साँच्चै लाज लागेको छ,’ भने।

प्रसाईले सरकारसँग दुई प्रश्न राख्दै प्रधानमन्त्री र मन्त्रीका सरकारी निवासमा ग्यास अभाव छ कि छैन भन्ने स्पष्ट पार्न माग गरे। उनले सरकारले भनेजस्तै कृत्रिम अभाव र कालोबजारी भइरहेको हो भने दोषीलाई कानुनी कारबाही गर्न दुईतिहाइको सरकारलाई केले रोकेको छ भनेर पनि प्रश्न गरे।

सांसद प्रसाईले जनताले नयाँ सरकारसँग नयाँ अनुहारभन्दा पनि नयाँ सोच र नयाँ चरित्रको अपेक्षा गरेको बताए।

 
 
 

Related Post