ढल्केबर ट्रमा सेन्टरको विषयमा सरकारलाई जवाफ दिन सभामुखको निर्देशन

07 August, 2026 22 Views
ढल्केबर ट्रमा सेन्टरको विषयमा सरकारलाई जवाफ दिन सभामुखको निर्देशन
22

काठमाडौं । सभामुख डीपी अर्यालले ढल्केबर ट्रमा सेन्टरको योजना हटाइएको विषयमा संसदमा उठेको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ट्रमा सेन्टरको योजना काटिएको भन्दै विरोध जनाउँदै दिनभर सदनमै अनशन बस्ने घोषणा गरेका थिए।

सभामुखको आग्रहपछि सांसद यादवले अर्थमन्त्री वा स्वास्थ्यमन्त्रीले उक्त विषयमा स्पष्ट जवाफ दिनुपर्ने अडान राखेका थिए।

त्यसपछि सभामुख अर्यालले सरकारलाई आवश्यक जवाफ दिन निर्देशन दिए। निर्देशनपछि सांसद यादव आफ्नो स्थानमा बसे र सभामुखले प्रतिनिधिसभाको बैठकको कार्यसूची अघि बढाएका थिए।

 
 
 

Related Post