एनपिएल: श्रीलंकाली अलराउन्डर धनञ्जय लक्ष्मणलाई पोखरा एभेन्जर्सले पुनः अनुबन्ध गर्‍यो

07 August, 2026 1028 Views
एनपिएल: श्रीलंकाली अलराउन्डर धनञ्जय लक्ष्मणलाई पोखरा एभेन्जर्सले पुनः अनुबन्ध गर्‍यो
1028

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले दोस्रो संस्करणमा तीन खेलमै १० विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका श्रीलंकाली अलराउन्डर धनञ्जय लक्ष्मणलाई पुनः अनुबन्ध गर्दै आगामी सिजनका लागि टोलीमा निरन्तरता दिएको छ।

पोखरा एभेन्जर्सले शुक्रबार सामाजिक सञ्जालमार्फत धनञ्जयलाई तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरिएको घोषणा गरेको हो।

धनञ्जयले एनपिएलको दोस्रो संस्करणमा प्रभावशाली प्रदर्शन गर्दै तीन खेलमा १० विकेट लिएका थिए। उनी प्रतियोगिताका सबैभन्दा प्रभावशाली बलरमध्ये एकका रूपमा स्थापित भएका थिए।

अघिल्लो सिजनको उत्कृष्ट प्रदर्शनलाई आधार मान्दै पोखरा एभेन्जर्सले धनञ्जयलाई आगामी सिजनका लागि पनि टोलीमा राख्ने निर्णय गरेको जनाएको छ। क्लबले उनको अनुभव र प्रदर्शनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

Related Post