असोज काठमाडौं । अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई ‘अमेरिकी एजेण्ट’ को संज्ञा दिएका छन् । उनले एक अन्तरबार्ता कार्यक्रममा अहिलेको क्याविनेटमा सतप्रतिशत अमेरिकी एजेण्टहरु रहेको दाबी गरेका हुन् ।
उनले भनेका छन् ‘अमेरिकाले सिधा देखाइदिएको छ– हाम्रा एजेण्टहरु यी हुन् । अमेरिका यति इमानदार छ– जसले अरुले जस्तो लुकाइलुकाइ पैसा खुवाएर एजेण्ट बनाउँदैन । उसले वेवसाइटमा राखिदिन्छ । यी अहिले जति छन् नि मन्त्रीमा आएको, केहीबाहेक यी हाम्रा एजेण्ट हुन् भनेर उसले वेवसाइटमा फोटो राखेको छ । अहिलेको क्याविनेटमा अमेरिकी सरकारको एजेण्टहरु एक सय प्रतिशत छन्,’–
अधिवक्ता नेपालले चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्नका लागि अमेरिकी एजेण्टहरुलाई मन्त्री बनाइएको दाबी गरे । उनले यो सपना नेपाली जनताले कदापि पूरा हुन नदिने बताए । उनले भने, ‘नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्नका लागि एजेण्टलाई अहिले मन्त्री बनाइएको छ । हामी नेपालको भूमि कदापि कुनै देशको विरुद्धमा प्रयोग हुन दिने छैनौं । यो सपना साकार हुने छैन । नेपालको पहिला भारत र चीनसँग सबैभन्दा असल सम्बन्ध रहन्छ । त्यसपछि मात्रै सात समुन्द्रपारी हो ।’
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीहरु अमेरिकी एजेण्ट हुन् : स्वागत नेपाल
75