स्थानीय चुनावमा दलको चिह्न हटाउन ऋषि धमलाको माग

स्थानीय चुनावमा दलको चिह्न हटाउन ऋषि धमलाको माग
48

स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ।

अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा निर्वाचन आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय हस्तक्षेपमुक्त बनाउन राजनीतिक दलका चुनाव चिह्न हटाएर स्वतन्त्र चिह्नमार्फत निर्वाचन गराउन माग गरेको हो।

आयोगलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक भागबन्डा र बजेट विनियोजनमा देखिएका विकृति अन्त्य गर्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको उल्लेख छ।

त्यस्तै, स्थानीय तहको निर्वाचन प्रणाली सुधार, आवश्यक कानुनी तथा संवैधानिक व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्न र निर्वाचनसम्बन्धी नीतिगत छलफलमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि अभियानले आग्रह गरेको छ।

आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन आवश्यक कानुनी तथा प्रशासनिक तयारी गरी निर्वाचन मिति घोषणा गर्नसमेत अभियानले आयोगको ध्यानाकर्षण गराएको छ।

Related Post