सवारी नामसारीमा नयाँ व्यवस्था, कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हट्यो
काठमाडौं । नयाँ तथा पुराना सवारीसाधन खरिद गर्दा नामसारीका लागि यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ।यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै सवारीसाधन खरिदबिक्री, नामसारी तथा बीमा प्रक्रियालाई सहज बनाएको हो।
संशोधित व्यवस्थाका मुख्य बुँदा:
नामसारी सहज: पहिलोपटक नामसारी गर्दा डिलरमा गरिएको जाँचलाई मान्यता दिइनेछ।
वारेसनामाबाट नामसारी: खरिदकर्ताको वारेसनामा, सक्कल परिचयपत्र र फोटोसहित प्रतिनिधि उपस्थित भएर नामसारी गर्न सकिनेछ।
बीमामा सहजता: सवारी बीमा तथा नवीकरणका लागि सवारीधनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।
डिजिटल प्रणाली: सवारी दर्ता तथा नामसारीलाई व्यवस्थित गर्न भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) लागू गर्ने तयारी अघि बढाइएको छ।
विभागले असोज २६ गते सार्वजनिक गरेको सूचनाअनुसार गरिएको संशोधनले सवारीसाधन खरिदबिक्री र नामसारीमा लाग्ने समय तथा झन्झट घटाउने अपेक्षा गरिएको छ।