श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

12 October, 2026 160 Views
श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन
160

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसाय तथा निजी विद्यालयमा कार्यरत सम्पूर्ण श्रमिक, शिक्षक र कर्मचारीलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागले श्रम ऐन, २०७४ को दफा ३७ कार्यान्वयन गराउन उद्योग तथा व्यवसायका छाता संगठन र निजी विद्यालयका संगठनहरूलाई पत्राचार गर्दै चाडपर्व खर्च भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको हो।

ऐनअनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम वार्षिक रूपमा चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागले असोज २३ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरेको थियो। त्यस्तै, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई पत्र पठाउँदै शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिएको हो।

Related Post