तोडफोड, आगजनी भएको भन्दै सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

तोडफोड, आगजनी भएको भन्दै सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी
65

कात्तिक, काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दुवै अदालतको तर्फबाट जाहेरी परेको छ ।

अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको मागसहित जाहेरी दिएका हुन् । सर्वोच्चलगायत देशका विभिन्न अदालतमा आन्दोलनको मौका पारेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो । त्यसक्रममा मुद्दासँग सम्बन्धित साथै ऐतिहासिक कागजातहरूमा क्षति पुगेको छ । 

 

Related Post