तीज आउन एक महिना बाँकी, नयाँ गीत सार्वजनिक गर्ने होड

16 August, 2026 6 Views
तीज आउन एक महिना बाँकी, नयाँ गीत सार्वजनिक गर्ने होड
6

काठमाडौं । तीज आउन अझै झन्डै एक महिना बाँकी भए पनि नेपाली सांगीतिक बजारमा तीज गीतको चहलपहल बढेको छ। कलाकारहरूले नयाँ गीत सार्वजनिक गर्ने क्रम तीव्र बनाएका छन्।

देविका बन्दनाले शान्तिश्री परियार र एलिना चौहानसँग ‘रातो सारी झल्कियो बरिलै’ ल्याएकी छन्। एलिनाका ‘आमाले किन्देको नौरती फुली’ लगायत आधा दर्जनभन्दा बढी तीज गीत बजारमा आएका छन्।

त्यस्तै, पुनम बस्यालको ‘बाबाको प्यारी छोरी’, भागिरथ चलाउनेको ‘को मूर्खले लान्छ र मलाई’, कस्तुप पन्तको ‘खाली भयो जेब’ र यशोदा सापकोटा कार्कीको ‘ए मैना सुन न’ लगायत गीत सार्वजनिक भएका छन्।

राधिका हमालले ‘नारी’ गीत ल्याउने तयारी गरेकी छन्। उनले तीज गीतबाट लगानी उठ्ने अवस्था नरहे पनि दर्शक–श्रोताको अपेक्षा र कलाकारको जिम्मेवारीका कारण गीत ल्याउनुपर्ने बताएकी छन्।

एउटा स्तरीय म्युजिक भिडियोसहित तीज गीत बनाउन ३ देखि ७ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। आम्दानी निश्चित नभए पनि कलाकारका लागि तीज गीत सांस्कृतिक निरन्तरता र आफ्नो पहिचानसँग जोडिएको विषय बनेको छ।

Related Post