तोलामा ४०० रुपैयाले बढ्यो सुनको मुल्य

तोलामा ४०० रुपैयाले बढ्यो सुनको मुल्य
64

मंसिर,काठमाडौं ।  बिहिबार सुनचाँदीको मूल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २८० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related Post