तीन चलचित्रको १३ दिनको कमाई १२ करोड ५६ लाख, तिनै चलचित्रलाई लगानी उठाउन निकै गाह्रो

13 October, 2025 382 Views
तीन चलचित्रको १३ दिनको कमाई १२ करोड ५६ लाख, तिनै चलचित्रलाई लगानी उठाउन निकै गाह्रो
382

असोज, काठमाडौं । गत फुलपातिमा प्रदर्शनमा आएको तीन चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ले १२ करोड ५६ लाखको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यी ती चलचित्रले १३ दिनमा जम्मा साढे १२ करोडको मात्रै व्यापार गरेका हुन् ।

शिजो शनिबारसम्मको तथ्यांक अनुसार ‘बलिदान’ले ४ करोड ८० लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस वर्षको दशैंमा ठूला बजेटको चलचित्रहरु प्रदर्शन भए पनि अपेक्षाकृत व्यापार गर्न भने सकेनन् । बिहान ५ बजेदेखि मध्यरातिसम्मका शोहरु राखिए पनि चलचित्रहरुले अपेक्षाकृत ओपनिङ गर्न सकेनन् ।

चलचित्रको व्यापार सुस्त भएपछि ६ करोडमाथिको लगानीमा निर्मित ‘बलिदान’लाई लगानी उठाउन निकै गाह्रो हुने देखिन्छ । यो चलचित्रले लगानी उठाउनलाई १४ करोडको व्यापार गर्नुपर्छ । ठूलो बजेटमा निर्मित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले हलबाटै लगानी उठाउन निकै नै गाह्रो हुने देखिन्छ

Related Post