टीओबी समूहका तेन्जिन दावाविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता

09 December, 2025 350 Views
टीओबी समूहका तेन्जिन दावाविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता
350

मंसिर, काठमाडौं । जेनजी आन्दोलनकाक्रममा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावाविरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ। करिब ३ महिना लामो काठमाडौं प्रहरी परिषरको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

दावामाथि लागुऔषधको कसुर र लिखत कीर्तेसम्बन्धी कसुर गरी दुईवटा मुद्दा दायर गरिएको छ। आरोपपत्रमा दावा बस्ने कोठाबाट गाँजा बरामद भएको दाबीसमेत गरिएको छ। दावाबाट प्राप्त नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र समेत कीर्ते भेटिएको भन्दै उनलाई सजायको माग गरिएको छ।

गलत विवरण पेस गरेर तेन्जिनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ। सोही नागरिकताको आधारमा राष्ट्रिय परिचय र राहदानी बनाएको आरोप समेत लगाइएको छ।

Related Post