ताप्लेजुङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

07 October, 2025 77 Views
ताप्लेजुङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
77

२१ असोज, काठमाडौं । ताप्लेजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका(३ आङखोप स्थितमा च्याङथर्पुबाट आङ्खोप तर्फ आउँदै गरेको प्र।१-०१-००१ ज ३४७० नम्बरको जिप मंगलबार साँझ साढे ६ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकभन्दा करिब २०० मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा परी जिप चालक प्रकाश सुवाङ सामान्य घाइते भएका छन् । जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइनसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post