तारकेश्वरमा खुकुरी देखाइ लुटपाट गर्ने २ जना पक्राउ

30 October, 2025 90 Views
तारकेश्वरमा खुकुरी देखाइ लुटपाट गर्ने २ जना पक्राउ
90

कात्तिक, काठमाडौं । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार राति करिब ११ बजेतिर तारकेश्वर नगरपालिलका-५ गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई दलुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेडी गाउँपालिका-५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका १० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् । बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकलमा आएका उनीहरुले धारिलो हरियार देखाइ एक युवकको साथमा रहेको ब्याग नै लुटेका थिए । खबर पाउनासाथै खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो ।

लुटिएको झालामा केही नगद, रोलेक्स लेखेको एक थान घडीलगायतका सामान रहेका थिए भने पक्राउ परेकाहरुको साथबाट खुकुरी, ट्रामाडोल नामको लागुऔषधलगायत बरामद गरिएको छ ।उनीहरुलाई वृत्त बालाजुमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Related Post