ताराखोलामा पहिरोको कहर : घरमाथिबाट पहिरो खस्दा ५९ वर्षीय रोकाको मृत्यु

85

 

बागलुङ । लगातारको अविरल वर्षासँगै बागलुङको ताराखोलामा पहिरो खस्दा एक जनाको ज्यान गएको छ।

ताराखोला गाउँपालिका–५ धस्मरमा बिहीबार राति घरमाथिबाट खसेको पहिरोले पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खस्दा रोका सुत्ने कोठामै थिए। पहिरोले घरमा समेत आंशिक क्षति पुर्‍याएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पहिरो पन्छाएर रोकाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले आसपासका क्षेत्रमा समेत थप पहिरोको जोखिम बढेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

Related Post