‘द भ्वाइस किड्स’ सिजन ५ को विजेता बनिन् सुवासना खड्का

16 August, 2026 6 Views
‘द भ्वाइस किड्स’ सिजन ५ को विजेता बनिन् सुवासना खड्का
6

काठमाडौं, साउन ३१ — लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपालको पाँचौँ सिजनको उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्।

फिनालेमा विभिन्न चार टिमबाट गरी आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले अन्तिम चरणमा प्रस्तुति दिएका थिए।

उपाधि जितेसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।

Related Post