१८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई १ जुन २०२६ मा रिहा गरिएकोमा त्यसको स्वागत गरेको छ।
, भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ।
यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तरराष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट संकेत दिएको छ," जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीले भने।
यद्यपि, भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाईसँगै उत्पन्न भएको गम्भीर मानवीय अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेको छ।
रिहापछि पहिचानसम्बन्धी कागजातको अभावका कारण दुवैलाई नेपाल प्रवेश गर्न अनुमति दिइएन। उनीहरू भारत–नेपाल सीमास्थित पनितान्की क्षेत्रमा अलपत्र परे र अन्ततः भुटान फर्किन बाध्य भए। हाल उनीहरू भारतमा आफन्तहरूको संरक्षणमा अस्थायी रूपमा बसिरहेका छन्।
यो घटनाले राज्यविहीनता र जबर्जस्ती विस्थापनको जोखिम झेलिरहेका पूर्व राजनीतिक कैदीहरूका लागि दीर्घकालीन र मानवीय समाधानको तत्काल आवश्यकता औंल्याएको छ, विज्ञप्तिमा भनिएको छ।
जीसीआरपीपीबीले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई तामाङ र हस्तबहादुर राईलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति गम्भीर असहमति व्यक्त गरेको छ ।
"उनीहरूलाई न त औपचारिक परिचयपत्र दिइयो, न कारागारबाट रिहा गरिएको प्रमाणपत्र, न त उनीहरूको कानुनी हैसियत पुष्टि गर्ने अन्य कुनै आवश्यक कागजात नै उपलब्ध गराइयो। यसले उनीहरूलाई थप असुरक्षित बनाएको छ र संरक्षण, मानवीय सहायता तथा स्वतन्त्र आवतजावतको अधिकार उपभोग गर्न कठिनाइ सिर्जना गरेको छ," विज्ञप्तिमा भनिएको छ।
भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तरराष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।
भुटानका कारागारहरूमा रहेका बाँकी २८ राजनीतिक कैदीहरू रिहा नभएसम्म हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हामी उनीहरूको तत्काल र बिना शर्त रिहाइको माग दोहोर्याउँदै यस दीर्घकालीन मानवअधिकार मुद्दाको न्यायोचित र मानवीय समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दछौं।