धनुषा अदालतको गेटमै मिटरब्याजपीडित महिलाले गरिन् आत्मदाहको प्रयास

12 August, 2026 5 Views
धनुषा अदालतको गेटमै मिटरब्याजपीडित महिलाले गरिन् आत्मदाहको प्रयास
5

काठमाडौं। धनुषा जिल्ला अदालतको मुख्य गेटअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकीछिन्।

जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।

मिटरब्याजको आरोपमा पक्राउ परेका हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरूले अदालतबाहिर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा फूलकुमारीले कारबाही गर्न माग गर्दै शरीरमा पेट्रोल खन्याएकी थिइन्।

पेट्रोल खन्याइसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको प्रहरीले जनाएको छ।

घटनापछि धनुषा जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

Related Post