विभागको डाटा सेन्टरमा बत्ती निभेपछि देशभरका यातायातको सेवा अवरुद्ध

विभागको डाटा सेन्टरमा बत्ती निभेपछि देशभरका यातायातको सेवा अवरुद्ध
92

कात्तिक,काठमाडौं । देशभर रहेका यातायात कार्यालयको सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा बिजुली अवरुद्ध हुँदा सेवा रोकिएको हो ।

बत्ती निभेपछि इन्भर्टरबाट विद्युत आपूर्तिको व्यवस्था भएपनि त्यसले पनि काम नगरेको विभागले जनाएको छ । विभागका आईटी डाइरेक्टर केशव खतिवडाले भने, ‘आन्दोलनपछि लाइन जानसाथ इन्भर्टरबाट लाइन जोडिने गरी सिस्टम सिस्टम बनाएको थियो । तर, लाइन गएपछि प्राविधिक बोलाएका छौँ । डाटा सेन्टरका बत्ती निभेसँगै देशभरका कार्यालयको सर्भर डाउन भएको उनले बताए ।

Related Post