विपद्को घडीमा स्वयंसेवक बन्दै राष्ट्रिय युवा परिषद्का युवाहरु

06 September, 2026 150 Views
विपद्को घडीमा स्वयंसेवक बन्दै राष्ट्रिय युवा परिषद्का युवाहरु
150

धादिङ । नेपाल सरकारको युवा तथा श्रम मन्त्रालयको आह्वानमा राष्ट्रिय युवा परिषद्को समन्वयमा धादिङको जहरेखेतस्थित नेपाल विद्युत् प्राधिकरणको जहरेखेत सबस्टेशन पुनःनिर्माण कार्यमा २५ जना युवा स्वयंसेवक खटिएका छन्।

निवर्तमान बोर्ड सदस्य रवेन्द्र विक्रम शाहको नेतृत्वमा स्वयंसेवकहरू सबस्टेशन पुनःनिर्माण तथा आवश्यक व्यवस्थापनका काममा सक्रिय रूपमा जुटेका हुन्।

My Country, My Contribution’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा परिषद्ले विपद्को समयमा युवाहरूलाई स्वयंसेवा तथा पुनःनिर्माण अभियानमा सहभागी गराउँदै आएको छ।

विपद्को समयमा राज्य र समाजलाई आवश्यक सहयोग गर्न युवाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै परिषद्ले युवाहरूलाई स्वयंसेवामार्फत राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरेको छ।

 

Related Post