बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

सेयर गर्नुहोस्

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् । यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँ सँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको राष्ट्रपति कार्यलय ह्वाईट हाउसले जनाएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टिनो ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् । यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *