टेलिकमको सेवाहरुको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छः मन्त्री शर्मा

सेयर गर्नुहोस्

२६ पौष,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरुको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् । बुधवार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम ९पूर्व० को रुकुमकोट र रुकुम (पश्चिम) को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पु¥याएर फाइबर टु द होम (एफटिटिएच) सेवाको सुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउदै उनले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने बताईन् । उनले सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताए । उनले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरु रहेका भन्दै सो गुनासाहरुलाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पारे । उनले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उनले यसलाई २४ घण्टा सेवामा पु¥याइन आवश्यक छलफल भइरहको पनि बताए।

उनले रुकुम (पूर्व) को रुकुमकोट र रुकुम९पश्चिम०को मुसिकोटमा फाइवर टु द होम सेवा पु¥याउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताए । त्यस्तै सो क्षेत्रको रहनसहन र भेषभुषा लगायतका सबै सांस्कृतिक कुराहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन समेत सहयोग पुग्ने बताए । मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पु¥याइसक्ने बताए । बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्रमा पु¥याइसक्ने लक्ष्य लिइएको बताए । उनले दूरसञ्चार सेवाको पूर्वाधार बिस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउने बनाउने अघि टेलिकम अगाडी बढेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *