चितवनमा नवजात शिशुको शव फेला

सेयर गर्नुहोस्

१७ माघ, चितवन । चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको हो । शव देख्नासाथ स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *