बालाजु जेसीजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस्

१७ माघ, काठमार्डौं । बालाजु जेसीजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । काठमाडौको शेषमतीमा रहेको दियालो फुडल्याण्डमा कार्यक्रम सम्पन्न भएको हो । बालाजु जेसीजकी बर्ष २०२३ की अध्यक्ष जानकी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा काठमाडौ क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य माननिय गणेश पराजुली, बिशिष्ट अतिथि शैक्षिक परामर्श संघको अध्यक्ष शेषराज भट्टराई लगायत अन्य जेसिसका बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा रहेको थियो । प्रमुख अतिथि पराजुलीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । । बालाजु जेसीजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत बालाजु जेसीज बर्ष २०२३ का अध्यक्ष जानकी पाण्डेले २०२४ का निर्वाचित अध्यक्ष जेसी राजेश पोखरेललाई चेन हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । यस्तै, नव निर्वाचित अध्यक्ष जेसी राजेश पोखरेलले नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरु निबर्तमान अध्यक्ष जेसि जानकी पाण्डे, कार्यकारिणी उपाध्यक्ष जेसी उद्दब फुयाल, कार्यकारिणी उपाध्यक्ष जेसी सुस्मा शर्मा, कानुनी सल्लाहकार जेसी सुरेन्द्र बोगटी, महासचिव जेसी नितिन पाण्डे, कोषाध्यक्ष जेसी सुरज पौडेल उपाध्यक्ष, जेसी अजिता थापा, उपाध्यक्ष जेसी अशोक महर्जन, उपाध्यक्ष जेसी दिपक आचायर्, उपाध्यक्ष जेसी अमोद अधिकारी लगायतलाई पद तथा गोपनियताका सपथ ग्रहण गराउनु भएको थियो ।

 

 जेसीज वर्ष २०२४ का अध्यक्ष पोखलेले बिशेषगरी युवा उद्यमशिलता, ब्यक्तित्व बिकास, महिला नेतृत्व आदी क्षेत्रहरुमा स्थानिय सरकारसंग समन्वय गर्दै आफ्नो कार्यकाललाई प्रभावकारी ढंगले समापन गर्ने बताउनु भएको छ । उहाँले आफ्नो कार्यकाल अवधिभर विभिन्न महत्वपूर्ण योजनाहरु रहेको बताउदै आफ्ना सम्पुर्ण योजनाहरु सबै संग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नको लागी बिभिन्न सरोकारावाला निकाय र सस्थाहरुसंग निरन्तर संवादमा रहेको पोखरेलको भनाई छ । पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष जानकी पाण्डेले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई धन्यवाद सहित मायाको चिनो प्रदान गर्दै आगामी दिनहरुमा पनि संगसंगै सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभएको थियो ।

कार्यक्रममा बालाजु जेसीजको सस्थापक अध्यक्ष तथा नेपाल जेसीज २०१८ का महासचिब जेसी श्रीराम पौडेल, काठमाडौं क्षेत्र नं ७ का सांसद माननिय गणेश पराजुली, तार्केश्वर नगरपालिकाका नगर प्रबक्ता राधाकृष्ण खड्की, शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई लगायत अन्य जेसिजका बिशिष्ट ब्यक्तिहरुको उपस्थिति भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरु व्यक्तित्व, नेतृत्व र सामाजिक क्षेत्रमा जेसीजले निरन्तर काम गर्न आग्रह गर्दै सम्पूर्ण नयाँ पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, बिभिन्न शाखाका शाखा अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारीहरु र विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थितिमा भब्यताका साथ समापन भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *