१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सेयर गर्नुहोस्

१७ माघ, भोजपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *