आजबाट केपी ओली कपको दोस्रो संस्करण सुरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरीन उद्घाटन

सेयर गर्नुहोस्

११ फागुन, काठमाडौं । आजबाट केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । राष्ट्रिय युवा संघको आयोजनामा सुरू प्रतियोगिताको उद्घाटन समारोहमा ‘हाइटेक’ प्रविधिको प्रयोग गरिएको थियो । प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बालेकी थिइन् । केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो । 

आज पहिलो खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । केपी ओली क्लव अनन्त तामाङको कप्तानी र चर्च ब्वाइज दीप कार्कीको कप्तानीमा उत्रिनेछ । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् । दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *