कांग्रेसले बोलायो संसदीय दलको बैठक

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । बैठक संसद भवनस्थित ल्होत्से हलमा बस्ने नेपाली कांग्रेसले जनाएको छ । सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि संसदीय दलको बैठक पहिलोपटक बोलाइएको हो । संसद बैठक पनि विहीबार नै बस्दैछ ।  विकसित राजनीतिक घटनाक्रम, संसदमा पार्टीको भूमिका लगायतमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *