सभापति देउवाले लोसपाका अध्यक्ष ठाकुरलाई भेट्ने

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् । बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।

देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए । नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि थिए । माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवाले अर्को समीकरणका लागि दलहरुका नेताहरुलाई भेट्ने क्रम बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *