नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न नेकपा एसको सचिवालय बैठक सुरु

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । त्यही विषयमा छलफल गर्न एकीकृत समाजवादीले बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *